मकवानपुर / हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले "पथलैया–हेटौंडा–नारायणगढ २५ मिटर सडक विस्तार चाडै गरौ " भनेर सबै सरोकारवाला समक्ष आग्रह गरेकी छिन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सडकखण्ड बिस्तारको लागि हालै सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा मेयर लामाले अनुरोध गरेको हो । बागमती प्रदेशको राजधानी यहि ठाउमा भएकाले हेटौडा शहर बनाउन कसैले रोक्न नहुने मेयर लामाले बताउनुभयो ।
उक्त सडक स्तरोन्नतिको प्रक्रिया अघि बढेसँगै वातावरणीय प्रभाव मूल्याङ्कन ईआईए प्रतिवेदनको सार्वजनिक सुनुवाइमा सहभागि हेटौंडाका प्रभावितहरुले बाइपास सडक निर्माण गर्न सुझाव दिएका छन् । सुनुवाइमा सहभागि २५ मिटर प्रभावित स्थानियवासीहरूले बजारको बिच भाग हुँदै सडक लैजान नमिल्ने बताएका थिए । बजार बिच क्षेत्रबाट मुख्य राजमार्ग बिस्तार गरिँदा व्यापारिक गतिविधि, जनजीवन र शहरी संरचनामा नकारात्मक असर पर्ने उनीहरुले चेतावनी दिएका छन् । उनीहरूले सडक स्तरोन्नति स्वागतयोग्य भए पनि त्यसले समुदायको हित विपरित जान नहुनेमा जोड दिएका थिए ।
सुनुवाइ कार्यक्रममा बोलदै हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले विकासका काममा नगरलाई अनिर्णयको बन्दि नबनाउन आग्रह गर्नुृभयो । मानवताको हिसाबले कसैलाई अन्याय नपर्ने गरि काम गर्ने उनले बताइन् । प्रभावितहरुको सही तथ्यांक ल्याउन सडक विभाग आयोजना निर्देशनालय एडिबिलाई आग्रह समेत गर्नुभयो । स्थानीयको भावना र सुझावलाई मनन गर्दै अदालतले गरेको फैसला अनुसार कार्यान्वयनमा जाने नगरप्रमुख लामाले बताइन् ।
बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले राज्य जिम्मेवार बनेर जानुपर्ने बताए । राज्यले प्रक्रियागत ढंगले उचित क्षतिपूर्ति दिएर सडक बिस्तार गर्नुपर्नेमा उनको जोड थियो ।
सडक स्तरोन्नतिका क्रममा कुल ६ सय ८८ वटा निजी संरचना प्रत्यक्ष प्रभावित हुने देखिएको छ । आयोजनाको प्रभाव क्षेत्रभित्र कुल एक सय ८० वटा सामुदायिक संरचना रहेका छन् । हेटौंडाको राप्तीदेखि कर्रा पुलसम्म २ सय ८५ घर, हेटौंडा बजार क्षेत्र बाहेकका दुई सय ५ घर र अन्य पालिका एक सय ९८ वटा घर प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ। परियोजनाले कुल एक सय किमी सडक स्तरोन्नति गर्ने योजना रहेको छ । जसको विस्तृत डिजाइन समेत तयार भइसकेको छ ।
४ लेनको सडक सुदृढीकरणसँगै साइड ड्रेन, सर्भिस लेन, फुटपाथ तथा यातायात सुरक्षाका अन्य संरचना निर्माण गरिनेछ । सडक विभागको आयोजनामा तीन वर्षभित्र कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । परियोजनाको कुल लागत करिब ६ अर्ब ६८ करोड रहेको छ । सडको क्षेत्राधिकार केन्द्रबाट दायाबाँया २५÷२५ मिटरको पथलैया–हेटौंडा–नारायणगढ सडकखण्ड पथलैयाबाट सुरु भई भरतपुर गोन्द्राङमा गएर टुगिंन्छ ।