Advertisement
Skip This

वाईसिएल नेपाल राक्सिराङको अध्यक्षतामा पुष्पलाल थिङ

१३ बैशाख २०८२ (२ दिन अघि)

 

मकवानपुर । मकवानपुरको वाईसियल नेपाल राक्सिराङको अध्यक्षतामा पुष्पलाल थिङ चयन भएको छ । गाउँ कमिटीको दोस्रो गाउँ सम्मेलनले ३१ सदस्यीय थिङको नेतृत्व चयन गरेको हो  । 

जसको उपाध्यक्षमा सन्देश थिङ, सुजन स्याङतान, मदन घलान, सचिवमा माधव कुमार प्रजा, सहसचिवमा दिपक मोक्तान, समन लान प्रजा, विश्वराज प्रजा, कोषाध्यक्षमा राज कुमार मुक्तान रहेका छन् । राक्सिराङ गाउँपालिका ५ मा सोमबार सम्पन्न भएको गाउँ सम्मेलनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज बिजय गौत्तमले उद्घाटन गरेका थिए ।

साथै अन्य अतिथिहरुमा नेकपा माओवादी केन्द्र पार्टी जिल्ला सचिव वीर बहादुर घलान (ज्वाला), पार्टी प्रदेश समिति सचिवालय सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलान, पार्टी प्रदेश कमिटी सदस्य एवम् राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, पार्टी राक्सिराङ गाउँपालिका अध्यक्ष हस्तबहादुर मुक्तान लगायतको आतिथ्यता रहेको थियो । त्यस्तै पार्टीका विभिन्न तहका नेता कार्यकर्ता र वाईसियल नेपालका विभिन्न तहका नेताहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

वाईसिएल नेपाल राक्सिराङ गाउँपालिका अध्यक्ष साजन पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न भएको हो । 

अन्तिम अध्यावधिक: १३ बैशाख २०८२
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस