Advertisement
Skip This

आदिवासी जनजाती महासङ्घ मकवानपुरको अध्यक्षमा सूर्यबहादुर थिङ

१३ बैशाख २०८२ (२ दिन अघि)

हेटौंडा / नेपाल आदिवासी जनजाती महासङ्घ समाजवादीको मकवानपुर जिल्ला अध्यक्षमा सूर्यबहादुर थिङ चयन भएका छन् । थिङ्को नेतृत्वमा २३ सदस्यीय कार्यसमिति निर्माण भएको हो ।

 महासङ्घ जिल्ला उपाध्यक्षमा कृष्णबहादुर राना , सरु रुम्बा स्याङ्तान , सचिवमा बुद्धबहादुर स्याङ्तान , उपसचिवमा सागर राई दनुवार , लोकबहादुर घिसिङ , कोषाध्यक्षमा सरिता गोले चयन भएका छन् । यसैगरी सदस्य पदमा ऋषिलाल चेपाङ , सानुकान्छा दोङ , सोमाकुमारी डिम्डुङ , अष्ट लामा , सन्तोषी भुजेल , चित्र लामा , राजकुमार वाइबा ,ईमान गोङ्बा , रमेशबहादुर पाखरिन , नेमा लामा , कृष्णमाया रानामगर , रोशन लामा , मोहन सिं घलान , रुपक ब्लोन , बिष्णुबहादुर थिङ , कुमारबहादुर राई चयन भएका छन् । शुक्रबार नेकपा एकीकृत (समाजवादी) कार्यालय हेटौंडा मा भएको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो ।

 भेलाले काठमाडौमा बैशाख २०/२१ गते हुने आदिवासी जनजाति महासङ्घ समाजवादीको केन्द्रिय अदिवेशनमा जानको लागि मकवानपुर जिल्ला बाट सूर्यबहादुर थिङ , गजेन्द्र लिम्बु , सरिता गोले , कृष्णबहादुर राना लाई प्रतिनिधिको रुपमा चयन समेत गरेको छ । मनोज कुमार वाइबाको सभाध्यक्षतामा भएको भेलामा समाजवादी पार्टीका पोलिट्ब्वुरो तथा केन्द्रिय सदस्य राजाराम स्याङ्तान को प्रमुख आतिथ्यता रहेको थियो । भेलामा दनुवार संघका केन्द्रिय अध्यक्ष रामेश राई , पार्टीका जिल्ला उपाध्यक्ष किरणमान बल , सचीव ध्रुव भुजेल , सहसचिव किशोर बर्तौला , सदस्य बलराम बल लगायतकाको आतिथ्यता रहेको थियो ।

अन्तिम अध्यावधिक: १३ बैशाख २०८२
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस