Advertisement
Skip This

"नगरप्रमुखले एसी जोड्न निर्देशन दिएको" भन्ने समाचार तथ्यहीन र अतिरञ्जित छ: प्रबक्ता सबिन न्यौपाने

४ बैशाख २०८२ (२ हप्ता अघि)

मकवानपुर/ हेटौडा उपमहानगरपालिकाको  "नगरप्रमुखले एसी जोड्न निर्देशन दिएको" भन्ने समाचार पूर्णतः तथ्यहीन र अतिरञ्जित रहेको प्रबक्ता सबिन न्यौपानेले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिनु भएको छ । नगर प्रमुख मिना लामासँग सम्बन्धित भई केही सञ्चारमाध्यमहरू तथा सामाजिक सञ्जालमा आएका टिप्पणीप्रति उपमहानगरपालिकाको ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख छ  ।

 

युवाहरुले सञ्चालन गरेको व्यवसायलाई प्रवर्द्धन गर्न खोज्दा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा यहि साता  विवादमा तानिएकी थिइन  ।

हुप्रचौर नजिकै स्नातक तहमा अध्ययन गर्ने नौ जना युवाहरुले सञ्चालनमा ल्याएको ‘द नाइन्टिन सैलुन’का सञ्चालक सुशन घलानले एक थान एसी र एक थान इन्भर्टरको माग गर्दै उपमहानगरमा दिएको निवेदनमा तोकआदेश लगाउँदा मेयर लामाको समाजिक सञ्जालमा आलोचना भएको हो । वैशाख ३ गतेबाट युवाहरुले स्वरोजगार बन्दै र तालिम केन्द्रको रुपमा विकास गर्ने गरी सञ्चालनमा ल्याएको सैलुनको मेयर लामाले उद्घाटन गरेकी थिइन् । उनले सैलुनको उद्घाटनका क्रममा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

‘मकवानपुर बहुमुखी क्याम्पसमा स्नातक पढ्ने नौ जना युवाहरुले सैलुन खोलेपछि मलाई उद्घाटनका लागि बोलाए । मैले गएर उद्घाटन गरेँ । युवाहरुले आफू स्वरोजगार बन्दै अन्य युवालाई पनि निःशुल्क तालिम दिने योजना बनाएका रहेछन् । मैले त्यसपछि सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुँ,’ उनले भनिन् । उनीहरुले एसी र इन्भर्टर मागेपछि आफूले उपमहानगरअन्तर्गत्‌को जिन्सी शाखालाई तोकआदेश दिएको र लागत निर्धारण गर्न अनुरोध गरेको बताइन् । ‘मैले मात्र चाहेर सहयोग गर्न सक्दिनँ । लागत तयार भएपछि कार्यपालिकाको बैठकबाट निर्णय गरेर मात्र दिइने हो । सहयोग गर्न पनि सबै प्रक्रिया र चरण पूरा हुनुपर्छ,’ उनले भनिन्,‘युवाहरु स्वरोजगार भएको स्थानमा हामीले सहयोग गर्नु स्वाभाविक हो । उपमहानगरले कृषकहरुलाई ट्र्याक्टरलगायत विभिन्न उपकरण सहयोग गर्दै आइरहेको छ ।’

उनले आफूलाई मेयर भएदेखि नै खेदिरहेको समूहबाट प्रहार भएको बताइन् । हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार सैलुनलाई एसी र इन्भर्टर सहयोग गर्ने विषय व्यवसाय प्रवर्द्धनको नीतिअनुरूप भएको बताए । ‘मेयरलाई उपमहानगरपालिकालाई व्यवसाय प्रवर्द्धनका लागि सहयोग गर्ने अधिकार रहेकाले सोहीअनुसार प्रक्रिया अघि बढाइएको हो । अधिकार क्षेत्रभित्रै रहेर मागमा आधारित सामग्री दिने प्रक्रिया अगाडि बढाइएको हो ।’

प्रवक्ता न्यौपानेका अनुसार दिने–नदिने टुंगिन बाँकी रहेको छ । ‘मेयरलाई आर्थिक सहयोगको अधिकार २५ हजार रुपैयाँसम्म रहेको छ । जिन्सी सहयोगको विषय आर्थिक खरिद आदेशले निर्धारण गरेअनुसारको प्रक्रियाबाट निर्धारण हुनेछ,’ उनले भने ।

'सामाजिक सञ्जाल र अनलाइन समाचारहरूमा प्रस्तुत गरिएझै कुनै पनि व्यक्तिलाई उपमहानगरपालिकाबाट बजेट दिइएको छैन। स्थानीय सरकार भनेको नागरिकको घरआँगनको सरकार हो। यहाँ नागरिकका साना ठूला हरेक समस्या दर्ता गरिन्छन् र तिनको समाधानका लागि स्थानीय सरकार सधैं संवेदनशील र प्रतिवद्ध रहन्छ । नागरिकबाट प्राप्त हुने गुनासा, निवेदन वा सुझावहरूलाई दर्ता गरी सम्बन्धित शाखाबाट अध्ययन गराउने र आवश्यकताअनुसार कानूनी तथा प्रक्रियागत मूल्याङ्कन पश्चात मात्रै सम्बोधन गर्ने हाम्रो स्थायी प्रक्रिया हो' प्रबक्ता न्यौपानेले बताएका छन  ।

हरेक निर्णय सार्वजनिक हित, पारदर्शिता र विधिसम्मत प्रक्रिया अनुरूप लिइन्छ । युवाहरूले उद्यमशीलता तथा रोजगारी प्रवर्द्धनका लागि सञ्चालन गरेका व्यवसायहरूलाई कानूनी र प्रक्रियागत मापदण्डभित्र रहेर प्रोत्साहन गर्ने उपमहानगरपालिकाको नीति नै रहेको हुनाले सधैं सकारात्मक र प्रतिबद्ध रहेको  र  आमनागरिक तथा हेटौडा उपमहानगरवासीहरूलाई यस्ता भ्रामक सूचनाको पुष्टी गरेर मात्रै धारणा बनाइदिन नगरपालिकाले अनुरोध गरेका छन ।

आर्थिक मन्दी र धरासायी व्यवसायका कारण युवा व्यवसायीहरु पलायन भइरहेका छन् । त्यसो हुदा युवा प्रोत्साहन कार्यक्रम अन्तर्गत व्यवसायीलाई एसी र ईन्भर्टर अनुदान दिने निर्णय सराहनिय रहेको स्थानीयको भनाइ छ  । "कसैको प्रसंसा वा आलोचनाले विचलित नहुनु होला । मेयरको निर्णयले नव प्रवर्द्धन स्टार्अप व्यवसायी पक्कै पनि लाभान्वित हुनेछ ।" सचेत नागरिकहरुले  मेयर लामालाई हौसला दिदै भनेकाछन  ।

 

प्रेस बिज्ञप्ति

अन्तिम अध्यावधिक: ४ बैशाख २०८२
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस