Advertisement
Skip This

मकवानपुरगढीको ज्येष्ठ नागरिकमा खुशी छ; अध्यक्ष दोर्जे लामा

४ बैशाख २०८२ (२ हप्ता अघि)

 हेटौडा/ करिब २-३ घण्टाको उकाली ओरालीको यात्रापछि गाउँपालिका कार्यालयको नजिकै नबिल बैंकमा दिनभर लाइन बस्दा पनि सामाजिक सुरक्षा भत्ता हात पर्न मुस्किल थियो । अहिले मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ की ६७ बर्षीया विष्णु माया विश्वकर्मा सामाजिक सुरक्षा भत्ता वितरण गर्न कर्मचारी वडामै आएपछि मख्ख छिन् । उनलाई घण्टौं हिँडेर बैंक सम्म पुग्नुपर्ने बाध्यता हटेको छ । 'कहिले भाडा हुँदैन, बिहानै हिँड्नु पथ्य, खानाको टुंगो थिएन भोकभोकै हिँड्नु पथ्यर्थ्यो,' वडामा पुगेर सामाजिक सुरक्षा भत्ता लिएपछि उनले सुनाइन्, 'हिड्न नसक्ने हामी बुढाबुढीहरू खुशी छौं, हामीलाई सहज भएको छ।'

   २ नम्बर वडाकै ६९ बर्षीय राम बहादुर विश्वकर्माले भने, 'पालिकाले वडा कार्यालयमै आएर भत्ता दिए पछि पालिकाको बैंकसम्म पुग्नुपर्ने बाध्यता अब हामीलाई छैन । पालिका पुग्दा घरको काम सबै हापेर जानुपथ्यों । अहिले बढाने कर्मचारी पुगेपछि धेरै सहज भएको छ।' कृष्ण पुडासैनीले आफ्नो आमाको भत्ता लिन दिनभरी घर खेतको काम छाडेर बैंकमा लाइन बस्न परेको बाध्यता सताए । अहिले बडामा आएको केही मिनेटमै भत्ता पाएपछि सबै समस्या हल भएको उनको भनाई छ।

पालिकाले नबिल बैंकसंग सहकार्य गरी ८ बटा वडामध्ये ४ वटा बडा १, २, ७ र ८ मा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । मकवानपुरगढीका ८ वटा वडामध्ये १, २, ७२८ नम्बर भौगोलिक रूपले विकट छन् । १,७ र ८ नम्बर वडाबाट भत्ता लिनकै लागि पालिका केन्द्रस्थित बैंकसम्म आउन एक दिन पूरै माया मार्नुपर्ने बाध्यता ज्येष्ठ नागरिकलाई थियो। पालिका केन्द्र बाट २ नम्बर वडा भने नजिकै रहेको छ। तर, पनि ज्येष्ठ नागरि कहरूलाई सहज यातायात सुबिधाको अभावमा हिँडेरै बैंकसम्म पुग्नुपर्ने कठिनाई थिए । हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकहरू अपाङ्गता भएका नागरिक, बैंकसम्म स्वयं उपस्थित हुन नसक्ने अवस्था आएपछि पालिकाले हरेक त्रैमासिकमा सेवाग्राहीहरूलाई वडास्तरबाटै बैंकमार्फत भत्ता वितरण गर्ने गरेको मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्‌तानले जानकारी दिए । उनले चालु आर्थिक बर्षभित्र बाँकी रहेको वडा  ४, ५ र ६ मा वडामै सामाजिक सुरक्षा भत्ता वितरण गर्न औठा छाप प्रविष्ट गर्ने काम भइरहेको बताए। औंठा छाप प्रविष्ट सकिए पछि पालिकाभित्रका लाभग्राहीले वडाबाटै भत्ता बुझ्न सकिने उनको भनाई छ। यद्यपि, बडा वडाभन्दा बाहिर बसोवास गर्ने लाभग्राहीको हकमा औंठा छाप अनिर्वाय छैन। उनीहरूले नबिल बैंकको देशभर जुनसुकै शाखाबाट भत्ता लिन सकिने वातावरण निर्माण गरिएको अध्यक्ष स्याङ्तानले जानकारी दिए। गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका प्राविधिक मनोज देवकोटाका अनुसार ज्येष्ठ नागरिक, अन्य ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल महिला, पूर्ण अपाङ्गता भएका, अति अपाङ्गता र दलित बालबालिका पोषण भत्ताको दोस्रो कित्ता लिने २ हजार ३ सय ३२ रहेका छन् तेस्रो किस्ताको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा २ हजार ४ सय ८१ पुग्ने सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले जानकारी दिएको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष बखान सिंह पाखिनका अनुसार यस पालिकाभित्र एउटै मात्र बैंक भएकोले नबिल बैंकमा खाता खोलेर भत्ता वितरण गर्दा बडा नम्बर १, २, ४, ५, ६, ७, ८ बाट बैंक टाडा भयो भन्ने गुनासो आएको थियो। गुनासो सम्बोधन गर्न कार्यपालिकाको बैठकबाट वडा मै भत्ता वितरण गर्दा लाभग्राही हरू राहत महसुस गरेको वडाध्यक्ष पाखिनको भनाई छ ।

अन्तिम अध्यावधिक: ४ बैशाख २०८२
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस