Advertisement
Skip This

कुकिवनको अन्तर्राष्ट्रिय कमिटीको उपाध्यक्षमा राजु क्षेत्री मनोनीत

क्षेत्री तेक्वान्दोको अन्तर्राष्ट्रिय पहिलो विदेशी नागरिक हुन् 
३१ चैत २०८१ (२ हप्ता अघि)

शौल  — विश्व तेक्वान्दो मुख्यालय कुकिवनको पहिलो एकमात्र अन्तर्राष्ट्रिय मास्टर अन्तर्राष्ट्रिय कमिटीको उपाध्यक्षमा नेपालका राजु क्षेत्री मनोनित भएका छन् । तेक्वान्दोको अन्तर्राष्ट्रिफ रेफ्रीका रुपमा सक्रिय रहँदैं आएका क्षेत्री त्यहाँसम्म पुग्ने पहिलो नेपाली पनि हो  । अन्तर्राष्ट्रिय कमिटीको उक्त पदमा पुग्ने उनी कोरियाका लागि पहिलो विदेशी हुन् ।

 

विश्व तेक्वान्दोका पूर्वमहासचिव मानसिक च्वई र कुकिवनका प्राविधिक समितिका अध्यक्ष क्वान पार्कीले क्षेत्रीलाई दक्षिण कोरियामा कुकिवनको अन्तर्राष्ट्रिय कमिटीको उपाध्यक्षमा सपथ ग्रहण गराएका थिए । क्षेत्रीले २०२३ यता युएस ओपन च्याम्पियनसिपमा लगातार निर्णायकको भूमिका निभाउदै आएका छन् । दक्षिण कोरियामा भएको विश्व वरीयताको जी–वान प्रतियोगिता किमुन्योङ कप, जापानको ओसाकामा भएको जापान ओपन र कोरियामा २०२३ मा भएको सिओङनाम ओपन प्रतियोगितामा पनि उनले निर्णायकको भूमिका निभाएका थिए ।

क्षेत्रीका अनुसार सो समितिको उपाध्यक्षमा चुनिने उनी पहिलो विदेशी मास्टर हुन् । कुकिवन सन् १९७२ मा स्थापना भएयता तेक्वान्दो कोरियाको राष्ट्रिय खेल रहँदैं आएको छ । कुकिवनमा २ सय १३ राष्ट्र आवद्ध छन् । जसअन्तर्गत झन्डै १२ करोड ६२ हजार जना ब्ल्याक बेल्ट सदस्य रहेका छन् ।

सन् २००८ मा भएको विश्व वरीयताको जी–टु कोरियन ओपन अन्तर्राष्ट्रिय प्रतियोगितामा क्षेत्रीले खेलाडीको रुपमा स्वर्ण पदक जितेका थिए । खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानका कारण क्षेत्रीलाई २०१३ मा कोरिया सरकारले मानार्थ नागरिकता प्रदान गर्दै सम्मान गरेको थियो ।

 

 

 

अन्तिम अध्यावधिक: ३१ चैत २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस