अक्षकोष स्थापनाका लागि आइतबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा बुधबार बोल्दै मेयर लामाले उक्त घोषणा गरेकी हुन् । उनले आश्रमले स्थापना गर्न लागेको अक्षकोषको बृद्धिका लागि सबै क्षेत्रको सहयोग जरुरी रहेको बताइन् । आश्रमको दिगो विकासका लागि उपमहानगरसहित बागमती प्रदेश सरकार जिम्मेवार बन्नु पर्ने बताइन् । मानवताको शहरको रुपमा रहेको हेटौंडाबाट सुरु भएको सडक मानव मुक्त अभियानलाई सबै क्षेत्रले अवलम्बन गर्दै अघि बढ्नु पर्ने उनको भनाई छ ।
आश्रमको मुख्य कार्यालयमा सञ्चालन भएको महायज्ञबाट आश्रमले १० करोडको अक्षयकोष निर्माण गर्ने उद्देश्य राखेको छ । महायज्ञको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका थिए । सो अवसरमा मुख्यमन्त्री लामाले प्रदेश सरकारले अक्षयकोषका लागि अनुदान रकम सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनले महायज्ञको उद्घाटनसँगै व्यक्तिगत २५ हजार रुपैयाँ हस्तान्तरण पनि गरे ।
महायज्ञ आश्रमको क्षमता अभिवृद्धि एवम् आर्थिक सहयोग जुटाउने र मानवता प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यले महायज्ञ लगाइएको बताइएको छ । आश्रममा किचेन कोल्डस्टोरसहितको भवन निर्माण, सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश निर्माण, आगामी वर्षसम्ममा सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको लक्ष्य पुरा गर्ने उद्देश्य रहेको छ ।
पहिलो दिन कुष्माण्ड सरोवर त्रिवेणी धामबाट बाजागाजा, साँस्कृतिक झाँकी, शंखनाद, भजनकीर्तनसहित विशाल शोभा कलशयात्रा गरिएको थियो । दोस्रो दिनबाट २४ गतेसम्म बिहान ५ बजेदेखि ७ बजेसम्म स्वास्थ्य शिविर, युवासँग सकारात्मक सोच, मानवता प्रवर्द्धन एवम् युवासँग अन्तरिक्रया कार्यक्रम रहने आयोजकले जनाएको छ ।
बिहान ११ बजेदेखि ४ बजेसम्म प्रत्येक दिन भावगत भास्कर कमल नयन गौतमबाट कथा प्रवचन हुने बताइएको छ । यसअघि चितवन, लमजुङ, पोखरा, बुटवल, दाङ, सुर्खेत र धनगढीमा सप्ताह महायज्ञ लगाइसकेकोमा १० औं महायज्ञ हेटौंडामा गर्न लागेको हो ।
मेयर साप बाट