प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक जारी रहेकै वेला सिंहदरबारबाट निस्किएका भट्टराईले ज्ञानेन्द्रले आफूलाई राजा नै भएको भनेर दाबी गर्दै आएको र १५ गते काठमाडौँमा भएको घटना उनकै निर्देशनमा भएको बताए । डा. भट्टराईले ज्ञानेन्द्रलाई क्षमा दिन नसकिने बैठकमा आफूले धारणा राखेको बताए ।
‘संविधानसभाबाट राजतन्त्र उन्मूलन गरेको र ज्ञानेन्द्रलाई नेपालमा बस्न सुविधा दिएको हो, तर उनले श्री ५ कै हैसियतमा ठग्दै हिँडे’, भट्टराईले भने, ‘त्यसबारे उनलाई आवश्यक अनुसन्धान गरेर कारबाही गर्नुपर्छ र १५ गतेको घटनामा पनि छानबिन गर्नुपर्छ,’ भट्टराईले भने, ‘हामीबिच कतिपय कुरामा विमति रहे पनि लोकतन्त्रको रक्षा गर्ने कुरामा पूर्ण साथ रहनेछ ।
व्यवस्था उल्ट्याउने हर्कतमा एक हुनुपर्ने उनले बताए ।