बसको ठक्करबाट सन्देश कोइरालाको मृत्यु

१७ चैत २०८१ (२ दिन अघि)

मनहरी । बसको ठक्करबाट सन्देश कोइरालाको मृत्यु भएको छ । मृतक मकवानपुरको मनहरी गाउँपालिकाको स्थानिय रहेको छ  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लोथरबजारमा बस र म्याजिक भ्यान ठोक्किँदाकोइरालाको मृत्यु भएको हो ।

दुर्घटनामा म्याजिक भ्यान चालक राक्सिराङ ४ बस्ने वर्ष ३०/३२ को सन्देश कोइरालाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

चितवनबाट हेटौंडातर्फ आइरहेको बागमती प्रदेश ०३ ००६ ख ५६८१ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ००१ च ३०१२ नम्बरको म्याजिक गाडी आज बिहान करिब सवा तीन बजेतिर ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका म्याजिक भ्यान चालक कोइरालालाई उपचार गर्न चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा पठाइएको थियो । त्यहाँ उपचारको क्रममा बिहान सवा चार बजे चिकित्सकले मृत घोषणा गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

बस र चालकलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।

कोइरालाको मृत्यु भएपनि स्थानीयवासीले मनहरी बजारस्थित सडक अवरुद्ध पारेका थिए । अहिले सडक खुलिसकेको प्रहरीले जनाएको छ ।

अन्तिम अध्यावधिक: १७ चैत २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस