कुलमान हटाएको विरोधमा समर्थकहरुले देशब्यापी  विरोध प्रदर्शन, हेटौंडामा टुकी बालेर नाराबाजी 

१२ चैत २०८१ (६ दिन अघि)

हेटौँडा । मन्त्री परिषदले कुलमान घिसिङलाई बर्खास्त गरी हितेंद्र शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको  कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । उक्त मन्त्रिपरिषद्को निर्णय बदर गर्न  घिसिङको समर्थकहरुले देशब्यापी  विरोध प्रदर्शन गरेको छ ।  मकवानपुरको हेटौंडामा पनि प्रदर्शन भएको छ । नेकपा माओवादी केन्द्रको युवा दस्ता वाईसीएल मकवानपुरको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।  

विरोधसँगै उनीहरूले सरकारविरोधी नाराबाजीसहित नगर परिक्रमा गरेका थिए । विरोध प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला पनि जलाएका थिए ।

उक्त कार्य रोक्न खोज्दा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच घम्साघम्सीसमेत भएको थियो। त्यस क्रममा प्रहरी निरीक्षक विमला कठायत घाइते भएकी छिन् । ख्वपःगल्लीमा रहेको तरकारी बजार क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो ।

 मंगलबार साँझ वाईसीएलका युवा तथा कुलमान समर्थकहरूले टुकी बत्तीसहित जुलुस निकालेर सरकारको विरोध जनाएका हुन् ।

 

 

 

 

 

अन्तिम अध्यावधिक: १२ चैत २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस