समृद्ध नेपाल निर्माणकाे निम्ति प्रवासीहरुद्वारा वैधानिक विप्रेषण प्रवासबाटै मताधिकार प्राप्ति र स्वदेशमै लगानी मैत्री वातावरण भन्ने मुल नाराकासाथ काेरिया सन्देश नामक पुस्तक विमाेचन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेकाे छ ।
संगठनले मार्च २३ आइतबारका दिन सिओलमा अबस्थित एक भवनमा “कोरिया सन्देश” नामक जर्नल विमोचन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेकाे हाे ।
के छ ? काेरिया सन्देश नामक पुस्तकमा ?
उक्त पुस्तकमा काेरियामा क्रियाशील रहेका विभिन्न संघ संस्था र संघठनका बारेमा जानकारी र मुख्यत पदाधिकारीकाे नाम र तस्बिरहरु समेटिएको छ । त्यसैगरी काेरियामा रहनुहुने सम्पूर्ण नागरिकका लागि स्वास्थ लाभ हाेस भन्ने उदेश्यले नेपाली जनप्रगतिशिल मञ्च काेरियाले पुस्तकमा विभिन्न स्वास्थ अवस्था,खानपिनका बाेरमा डाक्टरकाे लेख प्रकाशित गरेकाे छ । यस्तै विभिन्न जानकारीहरु पुस्तकबाट लिन सकिनेछ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास दक्षिण काेरियाका राजदुत शिवमाया तुम्बाहम्पे हुनुहुन्थ्यो । कार्यक्रमकाे सभा अध्यक्ष संगठनका अध्यक्ष जीवन खतिवडाले गर्नुभयकाे हाे ।