राक्सिराङ गाउँपालिकाको सबै वडा विद्युतको पहुँचमा पुग्यो 

चेपाङ बाहुल्य समुदाय लाभान्भित 
११ चैत २०८१ (१ हप्ता अघि)

मकवानपुरको राक्सिराङ गाउँपालिकाको सबै वडा विद्युतको पहुँचमा पुगेका छन् ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार एक समारोह बिच राक्सिराङ गाउँपालिका–९, खैराङबाट राक्सिराङलाई पूर्ण विद्युतीकरण वडा घोषणा गरेका हुन् । उनले राक्सिराङ–९ खैराङकी टुलकुमारी प्रजाको घरको विद्युतको मिटर पनि ‘अन’ गरेर पूर्ण विद्युतीकरण वडा घोषणा गरेका हुन् ।

निर्देशक घिसिङले चेपाङलाई विद्युत् कार्यक्रममार्फत ३० करोड रुपैयाँमार्फत अभियानलाई अघि बढाएको उनको भनाइ छ । गाउँपालिकाले आफ्नै स्रोतमा सञ्चालन गर्दै आएको विद्युतीकरणको कामलाई प्राधिकरणले चेपाङलाई बिजुली कार्यक्रममार्फत सम्पन्न गरेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए। उनका अनुसार सुरुवातमा गाउँपालिकाले एक करोड रुपैयाँ र पछि प्रदेश सरकारले एक करोड रुपैयाँ थप गरी प्राधिकरणको सहयोगमा ६ करोड रुपैयाँले वडाहरूमा बत्ती पुर्‍याउन विद्युत् पोल गाड्ने र तार तान्ने काम गरिरहेको थियो । 

निर्देशक घिसिङले ३३० वटा विद्युत् मिटर राक्सिराङमा विभिन्न वडाका विपन्न चेपाङलाई निःशुल्क वितरण गरेका थिए । ०७८ को जनगणनाअनुसार २५ हजार ९९६ जनसंख्या रहेको उक्त पालिकामा ५ हजार ४४ घरधुरी छन् । गरिबलाई निःशुल्क मिटर वितरण गर्ने तथा न्यूनतम महसुल तिर्न परेको समस्या हल गर्न प्राधिकरणले पहल गर्ने उनले बताए । कार्यकारी निर्देशक घिसिङका अनुसार गरिब विपन्नका साथै सिँचाइ, खानेपानीका आयोजनालाई पनि विद्युत् महसुलमा सहुलियत दिइएको छ। गाउँपालिकाको पहलमा प्राधिकरणले ‘चेपाङ बिजुली कार्यक्रम’अन्तर्गत विद्युत् सेवा पुर्‍याइएको हो । सोमबार एक कार्यक्रमका बिच चेपाङ बाहुल्य विकट गाउँ राक्सिराङका ९ वटै वडामा नेपाल विद्युत् प्राधिकरणले विद्युतको पहुँच पुर्‍याइएको हो । प्राधिकरण उज्यालो पार्ने संस्थाको रूपमा विकास भइरहेको निर्देशक घिसिङको दाबी छ ।

राक्सिराङ गाउँपालिकाको सबै वडा विद्युतको पहुँचमा पुर्याउन योगदान रहेकाले गाउपलिका र स्थानीयबासीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नौमती बाजा सहित भब्य स्वागत गरेको थियो  ।

अन्तिम अध्यावधिक: ११ चैत २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस