२९ फागुन २०८१ (६ घण्टा अघि)
हेटौडा/ मकवानपुरको बागमती गाउँपालिका -१ बोटगाउँको फगुनि राईको घरमा आगलागिल भएको छ । बिहान ९:३० बजेको समयमा बर्ष ६१ कि राईको बाँस र काठले बनेको, खरले छाएको एकतले घरको भान्सा कोठामा दाउराबाट खाना पकाउने क्रममा आगोको झिल्का निस्कि घरको छानामा गई आगोलागी हुदा घरमा क्षती पुगेको तथा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साथै मानविय,चौपाय क्षति नभएको घरमा रहेको अन्दाजी ५/६ मुरी जति मकै र १५ मुरी जति धान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
अन्तिम अध्यावधिक: २९ फागुन २०८१
Loading...