हेटौडा उपमहानगर पालिका वडा नम्बर -२ ले दुख दियो भन्दै वडावासी मिडियामा  

२४ फागुन २०८१ (६ दिन अघि)

मकवानपुर / हेटौडा उपमहानगर पालिका -२ नम्बर वडाले दुख दियो भन्दै वडावासी मिडियामा आएका छन् । हेटौंडा उपमहानगरपालिका–२ नम्बर वडास्थित बासुदेवमार्ग मिचेर पर्खाल निर्माण गरेको आरोपमा संरचना भत्काउन वडाले १५ दिने सूचना जारी गरेपछि घरधनी शिब कुमारी पाठक परिवार  मिडियामा आएका हुन् ।

कित्ता नम्बर–२३३१ मा नक्सा पास नगरी संरचना बनाएको भन्दै पक्ष–विपक्षबीच छलफल नै नगरी एक्कासि संरचना भत्काउन सूचना जारी भएपछि पीडितले पत्रकार सम्मेलन गर्दै आपत्ति जनाएका हुन् । शिवकुमारी पाठकको नाममा रहेको घरजग्गा उल्लेख नगरी बोलचालको भाषा प्रयोग गरेर अर्जुन न्यौपाने तथा सीमा न्यौपानेको नाममा सूचना जारी गरिएको छ । उक्त नाममा कुनै घरजग्गा नभएको पीडितले जानकारी गराएका छन् ।

म जन्मेको ५७ वर्ष भयो र यस ठाउ“मा बसोबास गरेको । आफ्‌नो घरअगाडि १२ मिटर बाटो कायम छ । हामीले घर १ वर्ष लगाएर बनायौं । त्यस अवधिमा स्थानीय सरकारले स्वीकृति दिएको हो । कसैले केही भनेनन् । हाल एक/दुई जनाले उजुरी दिएको भन्दै हामीमाथि व्यक्तिगत् दुष्मनी साधियो ,’ अर्जुनले दुःखेसो पोखे । हामीले पैतृक सम्पत्तिमा घर बनाएका हौं । हामीले जग्गा मिचेर केही गरेका छैनौं । संगम चोकदेखि हेर्ने हो भने ८ मिटर बाटो छ । धेरैले मापदण्डबिना संरचना बनाएका छन् । उनीहरुलाई वडाले केही भनेका छैन । हामीमाथि भने पटकपटक विभिन्न बहानामा दुष्मनी सा“ध्दै आएका छन्,’ शिवकुमारी पाठकले भनिन् । संरचना हाम्रोमात्र भत्काउनुपर्ने कारण के? उनले प्रश्न गरिन् । हामी अन्यायमा पर्‍यौं । न्याय माग गर्दछौं,’ उनले भनिन् । 

एक व्यक्तिको नाममा मात्र वडाले पत्र जारी गर्नु वडाको पुर्बग्राही रहेको स्थानीयहरुको आरोप छ भने पिडित पाठकले पत्रकार सम्मेलन गरी न्याय मागेपछि सेकेण्ड कमिङ्गका सम्बाददाताले वडाध्यक्ष बिस्नु गोपाल महर्जन संग फोन सम्पर्क गर्दा सो बिषयमा बोल्न नचाहेको र वडामा आएर बुझ्न आग्रह गरे ।

अन्तिम अध्यावधिक: २४ फागुन २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस