गण्डकी प्रदेश समाज कोरियाको अध्यक्षमा नर कुमार गुरुङ 

१९ फागुन २०८१ (२ हप्ता अघि)

हेटौडा / गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अध्यक्ष पदमा नरकुमार गुरुङ सर्वसम्वत चयन भएको छ । “प्रवासी भूमीमा नेपाली एकता, गण्डकी प्रदेशको सामूहिक सहभागिता” भन्ने मूल नाराका साथ कोरियामा अधिबेसन सम्पन्न भएको थियो ।

बरिष्ठ उपाध्यक्ष निर्मला सुर्खली,महिला उपाध्यक्ष श्रीजना तिवारी,उपाध्यक्ष अमृत पाठक र खेम पंगेनी,सचिवमा पुष्पराज भण्डारी निर्बाचित भएको छ । त्यसैगरी सदस्यहरुमा गोबिन्द पोखरेल,रेशम पौडेल,बिष्णु सापकोटा,कृष्ण कुमार श्रेष्ठ,श्रीराम अधिकारी  र कपिल अधिकारी चयन हुनुभएको हो ।
 

सन् २०२२ मा स्थापना भएको गण्डकी प्रदेश समाज कोरियामा नेपाली समुदाय बिच विभिन्न गतिविधीहरु गर्दै आईरहेको  क्रियाशिल संस्था हो । 

 

अन्तिम अध्यावधिक: १९ फागुन २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस