Advertisement
Skip This

हेटौंडामा ‘युथ सेन्टर’ सञ्चालन

१६ फागुन २०८१ (२ महिना अघि)

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-११, मा ‘युथ सेन्टर’ उत्घाटन भएको छ । हेटौंडा स्थित सिमलटारको शान्ति टोलमा ‘अराइज एण्ड साइन नेपाल’ संस्थाले  युथ सेन्टर’ संचालनमा ल्याएको हो ।

उक्त युथ सेन्टरको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता र वडा नं. ११ की अध्यक्ष जुना दाहालको विशेष आतिथ्यतामा गरिएको हो ।

देशभरका जोखिममा रहेका तथा बेरोजगार युवाहरुलाई लक्षित गरी विगत ९ वर्षदेखि विभिन्न विकास तथा स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्दै आएको यस संस्थाले अब मकवानपुरको हेटौंडामा पनि ‘युथ सेन्टर’ सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। उद्घाटन कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक यहोशू लिम्बुले यसबारे जानकारी गराएका थिए।

कार्यक्रममा विभिन्न समाजसेवी तथा स्थानीय व्यक्तिहरूको सहभागिता रहेको थियो। संस्थाले आगामी दिनमा स्थानीय युवाहरूलाई स्वरोजगारमुखी कार्यक्रममार्फत सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

अन्तिम अध्यावधिक: १६ फागुन २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस