पुर्वी नेपाल समाज कोरियाको नेतृत्वमा केदार निरौला

१५ फागुन २०८१ (२ हप्ता अघि)

दक्षिण कोरिया /  पुर्वी नेपाल  समाज कोरियाको अध्यक्षमा केदार निरौला चयन भएको छ । सउलमा भएको आईतबार सम्पन्न चौथो महाधिवेशनबाट नया कार्य समिति चयन गरेको हो  ।

त्यसैगरी वरिष्ठ उपाध्यक्ष - डम्बर विक्रम मुखिया, महिला उपाध्यक्ष - ईजिता राई, उपाध्यक्ष - रमेश लक्सम लिम्बू, उपाध्यक्ष - राम राई, उपाध्यक्ष - रमेश श्रेष्ठ, महासचिव - गोविन्द वि सी, सचिव - सोनाम शेर्पा, सचिव -हरि खड्का, कोषाध्यक्ष - सपना सेलिङ, सह कोषाध्यक्ष - गोविन्द दुलाल, सदस्यहरुमाअमित नेम्बाङ लिम्बू, नविन तामलिङ लिम्बू, मनिराम राई, दिपक कार्की, अनिल खतिवडा,ओन खेवा लिम्बू, पाण्डव राई, गोविन्द अधिकारी, राम साम्पाङ राई, अर्जुन माङ्फाङ राई, बाबु रोक्का मिलन लगाएत निर्बाचित भएको छ  ।

नेपालको पुर्वी भुगोल प्रदेश १ का १४ जिल्ला लाई प्रतिनिधित्व गर्नुहुने सम्पूर्ण कोरियाबासी नेपालीहरुको साझा एवं कोरियामा क्रियाशील १४ वटा जिल्लागत संस्था र २ वटा प्रमुख जातिय संस्थाहरु (किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङ) को छाता संस्था पुर्वी नेपाल समाज कोरिया हो ।

नेपालीहरु प्रवासमा रहेर पनि व्यस्त समयको बावजुत बचेको थोरै समय र आफ्नो व्यक्तिगत दैनिक खर्चलाई कटौती गरि सामाजिक कार्यमा समाहित भइरहेका छन् ।

अन्तिम अध्यावधिक: १५ फागुन २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस