बागमती गोल्डकपको उपाधि चर्च ब्वाइजले जित्यो

१३ फागुन २०८१ (२ हप्ता अघि)

हेटौडा /मकवानपुरको बागमती गाउँपालिकामा भएको सातौं संस्करणको बागमती गोल्डकपको उपाधि चर्च ब्वाइजले जितेको छ यो गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि हो बागमती गाउपालिका स्थित सहिद स्मृति रंगशालामा भएको फाइनल खेलमा साविक विजेता मछिन्द्र क्लबलाई १–० गोलले हराउँदै चर्च ब्वाइजले उपाधी चुमेको हो । 

sharethis sharing button

उपाधीसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता मछिन्द्रले ५ लाख रुपैयाँ पाएको छ । खेलको म्यान अफ द म्याच समिर तामाङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरेको छ । मछिन्द्रले थ्री स्टारलाई र चर्च ब्वाइजले एपीएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका सन्तोष खत्री घोषित भए । उनले १ लाख १ हजार १ सय १ रुपैयाँ प्राप्त गरे ।

विधागत उत्कृष्ट सबैले जनही २५–२५ हजार रुपैयाँ प्राप्त गरेका छन् । पालिका खेलकुद विकास समितिले गाउँपालिकाको खेलकुद क्षेत्रको महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै रेडियो झुरझुरेका स्टेसन म्यानेजर विवेक सिंतानलाई १५ राशीको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।

उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका टेकेन्द्र थापा, डिफेन्डर मछिन्द्रका देवेन्द्र तामाङ, मिडफिल्डर मछिन्द्रका रोशन राना मगर, फरवार्ड चर्च ब्वाइजका समीर तामाङ र प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ घोषित भए ।

अन्तिम अध्यावधिक: १३ फागुन २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस