राजधानी सउलबाट झन्डै ३६० किलोमिटर टाढा रहेको मोक्फो यङसानरोमा करिब ३ घण्टाको यात्रा गरी दूतावासबाट श्रम काउन्सिलर मैँया कडेल, गैरआवासीय नेपाली संघका अध्यक्षद्वय विपिन गुरुङ, बुद्धि गुरुङ, प्रवासी ट्रेड युनियनका अध्यक्ष उदय राई, कोरियाली मानव अधिकारी संस्था लगायतका प्रतिनिधिहरु घटनास्थलमा पुगेर मगरको मृत्यु घटनाका दोषाीलाई कारबाहीको माग गरेका हुन् ।
कोरियाको बंगुर फार्म काम गर्दै आएका मगर गत शुक्रबार झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । कम्पनीका नेपाली सुपरभाइजर र कोरियन मालिकले काममा खटिँदा गालीगलौच गर्ने, तनाव दिने तथा यातना दिने लगायका काममा कारण मगरले मृत्युको बाटो रोजेको उनका सहकर्मीहरुले बताएका छन् । उनीसँगै उक्त फार्ममा काम गर्ने ७ जनाले पनि कम्पनीबाट कुटपिट गर्ने र गालीगलौच गरेकै कारण काम छोडेका छन् ।
हेटौडा मकवानपुर, बागमती प्रदेश