हेटौंडा अस्पताल बचाउ तथा सुधारको लागि हस्ताक्षर अभियान संचालन

१२ फागुन २०८१ (३ हप्ता अघि)

हेटौडा / मकवानपुरमा स्थानिय युवाहरुले हेटौंडा अस्पताल बचाउ तथा सुधारको लागि हस्ताक्षर अभियान गरेका छन् । हेटौडा अस्पतालको पुर्ण सरकारी सम्पत्तिलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हस्तान्तरण गरेको हुनाले  हेटौडा अस्पताललाई स्थानान्तरण गर्ने निर्णय फिर्ता गर्नु पर्ने जोड रहेको छ। फल्गुण  ११ गते देखि सुरु भएको  अभियान  १५ गते बिहान सम्म संचालन हुने श्रोतले जनाएको हो । दुई दिनमा ५६१ जनाले हस्ताक्षर गरेका छन ।

नागरीक हस्ताक्षर अभियानमा विभिन्न मागहरु राखेका छन्  ।  हेटौडा अस्पतालको मूल गेटमा डेस्क राखेर कार्यक्रम संचालन  गरेको हो । ६६ वर्ष अघि देखिको सेवा ईतिहासलाई कायम राख्नु पर्ने माग छ ।

संस्था निजीकरण हुने हुदा राज्यद्वारा प्रदान गरिने सरकारी सेवा सुबिधा कटौती हुने सम्भावना रहेको हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानको संयोजक विशाल राज महतको भनाइ रहेको छ ।

हेटौंडा अस्पताललाई  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन बागमती प्रदेश सरकारले २०७६ सालमा  बागमती सभाले ऐन पास गरेको थियो ।

अन्तिम अध्यावधिक: १६ फागुन २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस