हेटौडा नगर कमिटीद्वारा प्रदेश सदस्यहरुलाई स्वागत तथा सम्मान

१० फागुन २०८१ (३ हप्ता अघि)

. . हेटौंडा / नेकपा एकीकृत समाजवादी पार्टी हेटौडा नगर कमिटीले नवनिर्वाचित प्रदेश कमिटी सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । मकवानपुरको पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै मकवानपुरबाट प्रतिनिधित्व गरेका प्रदेश सदस्यहरुलाई  स्वागत तथा सम्मान गरिएको हो ।

    गत साता काठमाण्डौमा भएको प्रदेश अधिवेशनमा मकवानपुरका शुकराम केसी ,माधव तिमल्सिना , बेगम बराल , किशोर ब्लोन नियोग  , कृष्णबहादुर सापकोटा , रामेश राई , कृष्ण बहादुर चेपाङ , कल्पना बिक , इस्वरलाल रुम्बा प्रदेश कमिटी सदस्यपदमा चयन भएका हुन् । स्वागत तथा सम्मान कार्यक्रममा पार्टीका  जिल्ला अध्यक्ष बिष्णु दाहाल , सचीव ध्रुव भुजेल, उपसचिव किशोर बर्तौला लगायत जिल्ला तथा नगर कमिटीका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो । 

   कार्यक्रम नगर अध्यक्ष बिष्णु माया लामाको सभाध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य राजाराम स्याङ्तानको प्रमुख आतिथ्यमा भएको थियो  ।

अन्तिम अध्यावधिक: १० फागुन २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस