मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा स्किम श्रेष्ठ

१० फागुन २०८१ (३ हप्ता अघि)

 मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा स्किम श्रेष्ठ आउने भएकी छिन् । नवलपरासी पश्चिमकी सिडिओ रहेकी श्रेष्ठ मकवानपुरको सिडिओ भएर आउन लागेकी हुन् । सरकारले गरेको २ जना (सिडिओ) को सरुवामा नवलपरासी पश्चिमबाट श्रेष्ठ मकवानपुर आउने लागेकी हुन् । मकवानपुरका प्रजिअ तिर्थराज चिलुवालले सरुवा भएसंगै मकवानपुरमा सहायक प्रमुख जिल्ला अधिकारीले कार्यभार समाल्दै आएका छन् । श्रेष्ठ पहिलो महिला सिडिओ हुन जसले मकवानपुरको प्रजिअको नेतृत्व समाल्ने छिन् भने उनको यो माइती जिल्ला समेत हो । मकवानपुरमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा जिप्रका धदिङबाट राजेन्द्र प्रसाद कडेलको सरुवा भएको थियो।

अन्तिम अध्यावधिक: १० फागुन २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस