यस्तै, उपविजेता बनेको वडा नम्बर १८ वडाले ७० हजार पाएको छ । प्रतियोगिताअन्तर्गत फाइनल खेलको निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमार्फत विजेताको टुंगो लगाइएको हो । १५ वडाले वडा नम्बर ८ लाई र वडा नम्बर १८ ले वडा नम्बर ९ लाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।
फाइनल खेलको म्यान अफ द म्याच हेटौँडा १५ का गोलरक्षक विकेश थिङ भए । उनी नै प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षकसमेत घोषित भए ।
यस्तै, प्रतियोगिताको उत्कृष्ट डिफेन्डर वडा नम्बर १५ का नवीन लो, मिडफिल्डर वडा नम्बर १८ का साजन लोप्चन, फरवार्ड वडा नम्बर १५ का आशिष जिम्बा र उत्कृष्ट प्रशिक्षक हेटौँडा वडा नम्बर १५ का उज्वल वाइबा घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हेटौँडा वडा नम्बर १८ का अभिराज थापामगर भए । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र बाँकी विधागत उत्कृष्ट खेलाडीले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
नगर खेलकुद विकास समिति हेटौँडाको आयोजनामा पिप्ले क्याम्पा रंगशालामा भएको प्रतियोगितामा हेटौँडाका १९ मध्ये १० वटा वडाको सहभागिता रहेको थियो ।
हेटौडा मकवानपुर, बागमती प्रदेश