काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न तिन दिने कार्यक्रमबाट अध्यक्षमा भीमप्रसाद दाहाल निर्वाचित भएका छन् ।
उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ, सचिवमा एलपी श्रेष्ठ, उपसचिवमा नानीराम चौलागाई, निरू खरेल, दीपक धनुके निर्वाचित भएका छन् । दाहालको नेतृत्वमा १८६ जना सदस्सीय कमिटी सर्वसम्मत चयन गरिएको हो ।
फागुन ३, ४ र ५ गते सम्पन्न प्रथम प्रदेश अधिवेशनले दाहाललाई सर्वसम्मत रूपमा निर्वाचित गरेको पार्टीका उपाध्यक्ष तथा कमिटीका इन्चार्ज डा गंगालाल तुलाधरले जानकारी दिए ।
त्यसैगरी नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको पहिलो अधिबेशनमा मकवानपुर जिल्लाबाट माधव तिमल्सिना, किशोर ब्लोन नियोग, इश्वर रुम्बा, कल्पना बि क, बेगम बराल, सुकराम केसी , कृष्ण प्रसाद सापकोटा , कृष्ण चेपाङ र रमेश राई लगायतका व्यक्तिहरु प्रदेश सदस्यमा सर्बसम्बत निर्बाचित भएको जिल्ला अध्यक्ष बिष्णु दाहालले बताउनु भएको हो ।
हेटौडा मकवानपुर, बागमती प्रदेश