मकवानपुर/ हेटौंडा उपमहानगरपालिकाले बालमैत्री स्थानिय शासन युक्त उपमहानगरपालिका घोषणा गर्ने भएको छ । उक्त बृहत कार्यक्रममा उपस्थित हुन सम्पुर्ण महानुभावहरुमा उपमहानगरपालिकाले अपिल गरेको हो ।
"बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी" भन्ने मुल नाराका साथ १९ वटा वडाहरुमा घोषणा सम्पन्न गरेको थियो ।
हेटौंडा उपमहानगरपालिकालाई यही मिति २०८१ फाल्गुण १ गते निकृष्ट बाल श्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा कार्यक्रम बृहत रुपमा गरिने मेयर मिनालामाले बताउनु भएको छ ।
राप्तीरोड टेम्पो पार्क, बलरामदास पेट्रोल पम्प, स्कुलरोड, न्यूरेनी पेट्रोल पम्प लगायतका स्थानबाट ऱ्याली शुरु हुनेछ । बिहान १०:०० बजे प्रस्थान हुनु पर्ने जनाएको हो ।
लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।