मकवानपुर/ हेटौडा हस्पिटल तथा मदन भण्डारी बिज्ञान स्वास्थ्य प्रतिष्ठानले सेवा थप बिस्तार गरेको छ । नेपाल सरकार स्वास्थ्य बिमा अन्तर्गतका बिरामीहरुले १ पटक OPD टिकट दर्ता गरिसकेपछी अब ७ दिन सम्म दर्ता नगरी फलोअप गर्न सक्ने प्रावधान मिलाएको छ । उक्त सुबिधा बारे प्रेस बिज्ञप्ति मार्फत सेवाग्राहीलाई जानकारी दिएको हो ।
बिरामीको भिडलाई मध्येनजर गरेर प्रत्येक दिन एकै बिरामीले दर्ता गर्नको लागि मात्र काउन्टरमा लाइन बस्न नपर्ने गरि सिस्टममा व्यवस्था गरेको छ । मिति २०८१/१०/२९ गते वाट दर्ता भएको मितिले ७ दिन सम्म पुनः दर्ताको लागि लाइन बस्नु नपर्ने बताएको छ ।
सेवाहरुको बिलिंग फार्मेसीबाट औषधि वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी सहित अस्पताल प्रशासनले अनुरोध गरेको छ । यस व्यवस्था बमोजिम डाक्टर संग Consult गर्नको लागि पनि ७ दिन भित्र पुनः दर्ता नगरी सिधै डाक्टर भेट्न सकिने र Consult गरिसकेपछी सम्बन्धित डाक्टरले नियमितरूपमा छाप (मिति, नाम, NMC.no) अनिवार्य लगाउन पर्ने, अनि मात्र आवश्यक बिलिंग तथा औषधि लिन सम्बन्धित काउन्टरमा जाने व्यवस्था रहेको श्रोतले जनाएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान/ हेटौंडा अस्पताललाई बागमती प्रदेश सरकारले बिशेष सेवा सम्पन्न अस्पताल बनाउन कदम चाल्नु पर्ने स्थानियको माग रहेको छ ।
लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।