यस्तै गरि जय महाङ्काल, कैलाश -४,च्याखेटार (चि. न ४०२),करुणा राई,मनहरी – ६ ( चि.न १६३२),आशिष् अधिकारी ,मनहरी -९ (चि.न ३१४), जेचुन डोल्मा थिङ,मनहरी -८ (चि.न २०४६) र निलिमा गिरी ,मनहरी – ८ ( चि.न १०९६)ले सान्त्वना हुँदै १/१ वटा भित्तेघडी जित्न सफल भयो ।
३ हजार प्रती चिट्ठा छापि प्रतियोगिता सन्चालन गर्ने अभियानमा होमिएको मनहरी बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले चिट्ठा खोल्ने अन्तिम समय सम्म २ हजार १ सय ३२ प्रती चिट्ठा बिक्री गर्न सफल भएको छ । प्रति चिट्ठा एक सय रुपैयाँ राखेर खुलाईएको बिद्यार्थी नेता तथा स्वतन्त्र बिद्यार्थी यूनियन(स्ववियु)का अध्यक्ष कुमार घिसिंगले बताएको छ ।
चिट्ठा कार्यक्रममा स्थानिय समाजसेवी, शिक्षक, स्वबियु पदाधिकारी , बिधार्थी र अन्य टिकट काटी सहयोग गर्ने शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । मनहरी बहुमुखी क्याम्पस मकवानपुरको पस्चिम बेल्डमा पर्ने एक मात्र क्याम्पस हो ।
हेटौडा मकवानपुर, बागमती प्रदेश