प्रहरी चौकी चैनपुरको लागि मोक्तान परिवारले जग्गा दान गरे

२५ माघ २०८१ (१ महिना अघि)

हेटौडा /मकवानपुरको राक्सिराङ गाउँपालिका स्थित प्रहरी चौकी चैनपुरको लागि मोक्तान परिवारले जग्गा दान गरेको छ  । वडा नं.५ बस्ने  श्री धन बहादुर मुक्तानको श्रीमती साँहिलीमाया मुक्तानले आफ्नो नाममा दर्ता श्रेष्ता कायम रहेको १-१४-३-२ रोपनी जग्गा प्रहरी चौकी भबन निर्माणको लागि निशुल्क जग्गा दान गरेको हो ।

प्रहरी चौकी चैनपुर मकवानपुरको आफ्नै जग्गा तथा भवन नभई यस अघि गाउँपालिकाको भवनमा बसी शान्ती सुरक्षा प्रदान गर्दै आइरहेको थियो  । चैनपुर प्रहरी चौकीको नाममा जग्गा प्राप्तीको लागी पहल भईरहेको बेलामा मिति २०८१।१०।२४ गते जग्गा प्राप्त भएको  राक्सिराङ गाउँपालिकाको उपाध्यक्ष तथा न्यायिक समितिका प्रमुख बनस्तम थिङले बताउनु भएको छ ।

मोक्तान परिवारको नाममा रहेको दर्ता श्रेष्ता कायम रहेको कि.नं.१०७५ को १-१४-३-२ रोपनी, ( १ रोपनी १४ आना ३ दाम २ पैसा ) स्थानिय चलन चल्ती अनुसार अं मुल्य रु. २०,३०,०००।- ( बीस लाख तीस हजार ) बराबरको जग्गा हो । जेठो छोरा मर्सी मोक्तान र आमा साँहिलीमाया मुक्तानलाई खादा लाएर प्रहरी प्रमुखले सम्मान गरेको थियो । प्रहरी चौकी चैनपुर मकवानपुरको लागि निःशुल्क उपलब्ध गराई सहयोग गर्नु भएकोले उहाँलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्री विश्वराज खड्का ज्यूद्वारा सम्मान स्वरुप खादा लगाई धन्यबाद व्यक्त गर्नुभएको छ ।

अन्तिम अध्यावधिक: २५ माघ २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस