रास्वपा उदयपुरको सभापतिमा  चित्रकुमार कार्की

२५ माघ २०८१ (१ महिना अघि)

 

उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदयपुर जिल्ला सभापतिमा चित्रकुमार कार्की निर्वाचित भएका छन् । उल्टो मोटरसाईकल यात्रा, टेनिसलगायत विभिन्न विधामा गिनिज बुक वल्र्ड अप द रेकर्डमा नाम दर्ज गराउन सफल उनी रास्वपा उदयपुरको सभापति चयन भएका हुन् । उनी समाजसेवा पत्रकारिता क्षेत्रसंगै मेचिमहाकालि उल्टो मोटरसाईकल यात्रीका रुपमा चिनिने गर्छन् ।

त्यस्तै उपसभापतिमा अनिल कुमार श्रेष्ठ, सचिव सुर्य लामा, सहसचिव सुर्यकुमार राई, कोषाध्यक्ष कौशीला कार्की तथा सदस्यहरु रितराज गिरी, सशिला थापा, तेजमान विक, किरण राउत, हेम कुमारी चौधरी, श्याम बहादुर कार्की, राजेन्द्र श्रेष्ठ रहेका छन् ।

रास्वपाको जिल्ला सभापति निर्वाचित भएसँगै कार्कीले जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकामा संगठन विस्तार गर्ने बताएका छन् । आफ्ना ठाउँका मुद्धाहरुलाई गहन तरिकाले उठाएर जनताको पक्षमा सधै बोल्ने र संगठन बिस्तारमा आफू तीब्र गतिमा लाग्ने कार्कीले बताए ।

अन्तिम अध्यावधिक: २६ माघ २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस