मकवानपुर/ नेपाल चेपाङ संघ मनहरी गाउँ पालिकाको गाउँ कमिटी अधिबेशनले शेर बहादुर चेपाङको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । त्यसैगरी सचिवमा राम कृष्ण चेपाङ चयन भएको छ भने अधिबेशनले पन्ध्र सदस्यीय समिति निर्माण गरको श्नोतले जनाएको हो ।
उपाध्यक्षमा वीर बहादुर चेपाङ, सह-सचीव सोहित चेपाङ, र कोषाध्यक्षमा दिल माया चेपाङ रहेको छ ।
शेर बाहादुर चेपाङको सभापतित्वमा सम्पन्न छैठौं गाउँ अधिबेशनको प्रमुख अतिथी नेपाल चेपाङ संघ बागमती प्रदेशको अध्यक्ष खुशी लाल चेपाङ हुनुहुन्थ्यो । विशिष्ट अतिथिमा नेपाल चेपाङ संघ जिल्ला समन्वय समिति सदस्य अभि राना चेपाङ साथै मनहरी गाउँ पालिकाको नौं वडाका प्रतिनिधीहरुको उपस्थिति थियो ।
लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।