दमकमा प्रदर्शनकारी र प्रहरीबीच झडप, दर्जनौ आन्दोलनकारी पक्राउ

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माण बिबादमा
२० माघ २०८१ (१ महिना अघि)

झापा  । झापाको दमक नगरपालिका–५ स्थित गणतान्त्रिक चोकमा झडप भएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न नहुने भन्दै प्रदर्शनमा उत्रिएका समूह र प्रहरीको बिचमा झडप भएको हो ।

प्रहरीले लाठीचार्ज गरेर एक राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।

झडपमा सहभागी दर्जनौ आन्दोलनकारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए । केवलकार निर्माण गर्ने निर्णय खारेजीको माग गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् । 

अन्तिम अध्यावधिक: २० माघ २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस