सञ्चारिका समूह मकवानपुर अध्यक्षमा निशा

सञ्चारिका समूहको सन्जाल देश्ब्यपिरूपमा छन्
१६ माघ २०८१ (१ महिना अघि)

हेटौंडाः सञ्चारिका समूह नेपाल मकवानपुरको अध्यक्षमा निशा गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । मंगलबार भएको तेस्रो अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । गुरुङ लामो समय देखि पत्रकारिता श्रेत्रमा सक्रिय भूमिकामा रहेकी छिन्  ।

समूहको उपाध्यक्षमा जमुना थिङ, महासचिवमा मञ्जु मैनाली, सचिवमा अम्बिका बस्नेत, कोषाध्यक्षमा अञ्जना न्यासुर सर्वसम्मत चयन हुनुभएको छ । सदस्यहरुमा सुप्रभा चौलागाईँ, स्मिता अर्याल, कृष्णा बिष्ट (सुनिता), अस्मिता भट्टराई, आँचल तिमल्सिना, सम्झना थापा, सबिना घिमिरे र सुमिना चौलागाईं चयन हुनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले रमा बिष्ट र गीता कार्कीलाई सदस्यमा मनोनित गरेको छ । सञ्चारिका समूह नेपाल मकवानपुरका निवर्तमान उपाध्यक्ष प्रिया पौडेलको अध्यक्षता तथा सञ्चारिका समूह नेपाल बागमती प्रदेशकी अध्यक्ष सरिता दाहालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईं, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण चौलागार्ईंलगायतको आतिथ्य रहेको थियो  ।

अन्तिम अध्यावधिक: १६ माघ २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस