हेटौंडा/मकवानपुरको बकैया गाउँपालिकाको विद्यालय र स्वास्थ्य चौकीलाई ल्यापटप र फोटोकपीसहितको प्रिन्टरमे शिन प्रदान गरिएको छ ।
चालु आर्थिक वर्ष २०८१–८२ को उपकरण सहयोग कार्यक्रमबाट बकैया गाउँपालिका वडा ११ स्थित विद्यालय र स्वास्थ्यचौकीलाई ल्यापटप र फोटोकपी सहतिको प्रिन्टर प्रदान गरिएको हो । गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने लगायतले विद्यालय र स्वास्थ्य चौकीलाई ल्यापटप सहितको उपकरण हस्तान्तरणग र्नुभयो । बकैया गाउँपालिका ११ गमलटारस्थित प्रगतिशील प्रावि,
आहालडाँडास्थित बुद्ध प्रावि, मोरङ्गेस्थित लालकिरण प्रावि., पीपलडाँडा बेंसीस्थित बाघ भैरव प्रावि. र बकैया गाउँपालिका ११ सिमात स्थित स्वास्थ चौकीलाई एक–एक थान गरी पाँच वटा ल्यापटप प्रदान गरिएको बकैया गाउँपालिका –११ का वडाध्यक्ष गोपालबहादुर लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडाको प्रगतिशील प्राविलाई एक थान फोटोकपी सहितको प्रिन्टर मेसिन हस्तान्तरण गरिएको छ ।
हेटौडा मकवानपुर, बागमती प्रदेश