Advertisement
Skip This

सहिद दिवस कार्यक्रमले सार्थकता पाओस

सहिदका आँसुहरू राज्यले पुछ्न सकोस्‌
  • किशोर ब्लोन नियोग
  • / अन्य
  • २६३
१६ माघ २०८१ (३ महिना अघि)

 नेपालमा मनाइने सहिद दिवस देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झना गरिने दिन हो। नेपालमा माघ १६ गतेलाई सहिद दिवसको रूपमा मनाइन्छ। राणा शासन विरूद्ध लडेका सहिदहरूको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो। यस दिन सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका सहिदहरूको सम्झना गरिन्छ । नेपालको पहिलो सहिद भनेर लखन थापालाई लिइने गरिन्छ। हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पण सहित मान्छेले आफ्नो दैनिकी सुरु गरेजस्तै मुलुक बन्नका लागि पनि हरेक ऐतिहासिक कालखण्डमा वीर सपूतहरूको बलिदान रहेको छ । तिनै सपुतहरूको सम्झना र सम्मानको दिन हो माघ १६ को सहिद दिवस । परिवर्तित परिप्रेक्षमा नेपाललाई शहीद दिवसका रूपमा मात्र नभई शहीद सप्ताहका रूपमा एक हप्ता अगाडि देखिनै विभिन्न कार्यक्रम गरेर मनाइने गरिन्छ । सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई प्रजातन्त्रको पक्षमा जनतामाझ वकालत गरेको अभियोगमा हत्या गरिएको माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई सहिद सप्ताहका रूपमा मनाइन्छ । आज हामीले उपभोग गर्दै आएको स्वतन्त्रता, समानता अनि सार्वभौमिकताका लागि शहिदहरुले दिएका बलिदान अझै पनि टेकुको शुक्र वृक्ष, सिफलको रुख लगायत विभिन्न रुखहरू अनि घटनाक्रमहरूले दिने गरेको छ । परिवर्तन ल्याउनका लागि अनि भावी पुस्ता र देशको आयाम बदल्नका लागि आफ्नो ज्यान अर्पण गर्ने ज्ञात अज्ञात सम्पूर्ण सहिदहरूमा हाम्रो पात्रोको नमन । यी शहीदहरूको सपना र त्याग लाई हामीले कत्तिको साकार पार्न सकेका छौँ भन्ने कुरा भने नेपाली राजनीति अनि नेतृत्वले सोंच्नै पर्ने बेला आएको छ । सहिदका परिवार अनि घरहरू लगायत सहिद परिवारका सदस्य हरूको अवस्था दूर दराजमा कस्तो रहेको छ ? विचार गर्न जरुरी छ, सहिदको आशिषको छत्र छाया यो राज्यलाई जहिल्यै प्राप्त होस् र सहिदका आँसुहरू राज्यले पुछ्न सकोस्‌ ।

अन्तिम अध्यावधिक: १६ माघ २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस