सेकेण्ड कमिङ्ग/ मकवानपुर/
चेपाङ साँस्कृतिक तथा पर्यटकीय क्षेत्र प्रभावकारी बनाउन बृहत कार्यक्रम सम्पन्न भएको छ । "दाम्राङ घोषणा पत्र" जारी गर्दै राक्सिराङ- ७ को दाम्राङमा कार्यक्रम भएको हो ।
८५ प्रतिशत जनसंख्यामा बसोबास रहेको चेपाङ समुदाय (वडा नम्बर ७) मा "चेपाङ साँस्कृतिक तथा पर्यटन आरक्षण क्षेत्र बनाउछौँ "गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि राजकुमार मल्लले बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा जनप्रतिनिधिहरु, संसंस्थाको प्रतिनिधिहरु, सरोकारवाला, पत्रकारहरुको आतिथ्य रहेको थियो ।
"दाम्राङ घोषणा पत्र" प्रस्तुत गर्दै उपाध्यक्ष बनसतम् थिङले भन्नु भयो " निम्न वर्गीय समुदायको उत्थान नभए सम्म बिकास असम्भव छ ।" थिङले भने "एक करोडको बजेटमा चेपाङ समुदायको स्वयत्त क्षेत्र हुने गरी शिक्षा, स्वास्थ्य, भाषा, संकृति पर्यटन र आर्थिक क्षेत्रमा कार्यक्रम तय भएको हो ।"
वडा नम्बर ७ का अध्यक्ष्य राम बहादुर प्रजाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्द राम चेपाङ, वडा नम्बर ५ का अध्यक्ष्य हरि प्रजा, कार्यपालिका सदस्य सिंग लाल चेपाङ लगाएतका उपस्थिति रहेको थियो ।
लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।