सय वर्षका चेपाङ दम्पत्तिलाई नयाँ घर हस्तान्तरण

सामाजिक अभियन्ता रेखा लोप्चनको सराहनिय अभियान
  • किशोर ब्लोन नियोग
  • / अन्य
  • २६०
१० माघ २०८१ (२ महिना अघि)

सेकेण्ड कमिङ्ग /हेटौंडा–मकवानपुर स्थित राक्सिराङ गाउँपालिकामा रहेका १०० वर्षीय वृद्धवृद्धा दम्पत्तिले नयाँ घर पाएका छन् । सामाजिक अभियन्ता रेखा लोप्चनको अभियानमा अमेरिका निवासी कर्णबहादुर गुरुङ तथा प्रेमा गुरुङका छोराहरु सलिन गुरुङ र समिन गुरुङको आर्थिक सहयोगमा नयाँ घरको लागि आवश्यक रकम उपलब्ध गराएको थियो । उक्त नयाँ घर हस्तान्तरण पूर्व भौतिक तथा सहरी विकास पूर्वमन्त्री रामकुमारी झाक्रीको प्रमुख आतिथ्यतामा यही साता एक कार्यक्रमको बीच नयाँ घर हस्तान्तरण गरेकी हुन् ।

 राक्सिराङ गाउँपालिका–५ साचक निवासी सहारा बिहिन, निसन्तान चेपाङ दम्पत्ति लाई बस्नको लागि आवास सहित अक्षयकोष हस्तान्तरण गरेकी हुन् । राक्सिराङ गाउँपालिका–५ साचकनिवासी वृद्ध दम्पति जयराम प्रजा (१०० वर्ष) र लक्ष्मी प्रजा (९० वर्ष) का लागि खाना र बस्न निकै समस्या देखेपछि सामाजिक अभियान्ता रेखा लोप्चन तामाङले उनीहरुलाई खान र बस्नको लागि सहयोग गरिदिने प्रतिबद्धता ब्यक्त गरेका थिइन्।

 १ दशकदेखि सामाजिक क्षेत्रमा निरन्तर लागि पर्दै आएकी लोप्चनले देशका सीमान्तकृत समुदाय र असहायलाई घर बनाईदिने, खाद्यान्न र लत्ताकपडा सहयोग गर्दै आइरहेकी छिन् । हालसम्म उनले सामाजिक कार्य गरेको आधारमा ७ वटा राष्ट्रिय पुरस्कार पाएकी छिन् ।

 मकवानपुरका सहारा बिहिन चेपाङ दम्पतिलाई तीन महिना अघिमात्रै राहत बितरणको क्रममा पुग्दा गाउँमा नाजुक अवस्थामा भेटिएको थियो । खानेकुरा केही नभएको र बस्ने घर जीर्ण अवस्थामा देखेपछि लोप्चनले उनीहरुलाई खाना र बस्नको लागि ब्यबस्थित घर बनाइदिने वचन दिएकी थिइन् । लोप्चनले सामाजिक सञ्जाल मार्फत् सहारा बिहिन दम्पतिको लागि घर बनाउन सहयोगको अपिल गरेकी थिइन् । स्वदेश तथा विदेशमा रहेका मनकारी ब्यक्तिले सहयोग गरी घर निर्माण तथा तत्काल आवश्यक सामग्री खरिद गरी चेपाङ परिवारलाई हस्तान्तरण गरिएको लोप्चनले जानकारी दिइन्।

 सो घर निर्माणको लागि ३ लाख रुपैयाँ खर्च भएको र नगद ३ लाख रुपैयाँ संकलन गरी चेपाङको नाममा बैंक खाता खोली राखिदिने ब्यबस्था गरेको बताइएको छ । उनीहरुलाई न्यानो कपडा, खानेकुरा, ग्यासचुलो, भाँडाकुँडा ब्यबस्था गरिएको छ । तीन महिनासम्म चलेको अभियानबाट उनीहरुलाई बाचुन्जेल खान, बस्न ब्यस्थापन भौतिक तथा सहरी विकास पूर्वमन्त्री झाँक्री आएकी हुन् ।

 मकवानपुरको राक्सिाराङ चेपाङ समुदाय बाहुल्य भएको पालिका हो । २०७८ को जनगणना अनुसार मुलुकका २६ जिल्लामा बसोबास रहेको चेपाङ समुदायको जनसंख्या ८४ हजार ३ सय ६४ छ । मकवानपुरमा २३ हजार ६ सय ५०, चितवनमा ३५ हजार ६ सय ३७, धादिङमा १७ हजार १ सय ६० र गोरखामा ४ हजार २ सय ६८ जनसंख्या छ ।

अन्तिम अध्यावधिक: १० माघ २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस