नेकपा माओवादी केन्द्र राक्सिराङ्ग गाउँ कमिटीको तेश्रो गाऊँ अधिबेशनले हस्त बहादुर मोक्तानलाई पुन: अध्यक्षमा सर्बसम्मत चुनिएको छ । त्यसैगरी सचिबमा जङ्गलाल चेपाङ चुनिएका हो। कार्यक्रम माघ ८ गते बुधबार सम्पन्न भएको थियो ।
अधिबेशनले पार्टीको उपाध्यक्षहरुमा पुर्णिामा दोङ, चन्द्र सिंह चेपाङ ,राम सरण प्रजा चुनिएकोछ । त्यस्तै सिमोन बि.क. कोषाध्यक्ष, साजन पाख्रिन,अन्जित रिङ्गमाङ्गे चेपाङ र जीवन रुम्बा क्रमश सह – सचिव सहित ४५ सदस्यीय पालिका कमिटी चुनिएको निर्बाचन कमिटी प्रमुख सुजन मोक्तानले जानकारी दिनुभयो ।
राक्सिराङ्ग ५ चैनपुरमा बृहत् खबरदारी सभा सहित कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम संघिय संसद तथा पार्टी केन्द्रिय सदस्य माननीय माधव प्रसाद सपकोटा “सुबोध”को प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पार्टीका अन्य केन्द्रिय कमिटी,प्रदेश कमिटी, जिल्ला कमिटी लगाएत अन्य नेताहरुको आतिथ्यता रहेको जनाएको छ ।
लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।