नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य

मलेसियाको बांगीमा स्कटल्याण्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपाल १८ ओभर ५ बलमा ७३ रनमा समेटिएको हो ।
७ माघ २०८१ (२ महिना अघि)

काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटमा नेपालले स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दिएको छ । मलेसियाको बांगीमा स्कटल्याण्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपाल १८ ओभर ५ बलमा ७३ रनमा समेटिएको हो ।

नेपालकी कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । ४३ बल खेलेकी उनले ३ चौका प्रहार गरिन् । सावित्री धामीले १० रन जोड्दा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा स्कटल्यान्डकी माइसी मसेराले सर्वाधिक ५ विकेट लिइन् ।

पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

अन्तिम अध्यावधिक: ९ माघ २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस